भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

काठमाडौँ, १७ चैत - पाकिस्तानी ट्वेन्टी-ट्वेन्टी क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीले आइसिसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेटमा टिमको खराब प्रदर्शनका लागि पाकिस्तानी नागरिकसँग माफी मागेका छन्।
अफ्रिदीले आफ्नो आधिकारीक फेसबुक पेजमा भिडियो सन्देश पोस्ट गरेर टिमको खराब प्रदर्शनका लागि नागरिकसँग माफी मागेका हुन्। भिडियो सन्देशमा उनले भनेका छन् ‘आज शाहिद अफ्रिदी पाकिस्तानका सबै नागरिकसँग माफी चाहन्छ। तपाईंहरुलाई म तथा मेरो नेतृत्वको टिमबाट जुन आशा थियो त्यसमा म पूर्ण रुपले प्रस्तुत हुन सकिन।’
कप्तान अफ्रिदीले आफ्ना आलोचकलाई जवाफ दिँदै भनेका छन् ‘भोलि के हुन्छ, मलाई थाहा छैन। मेरो बारेमा कसले के भन्छ भन्ने पनि चासो छैन। म पाकिस्तानी नागरिकप्रति मात्रै जवाफदेही छु। अरु कसैका लागि होइन।’ गएको २० वर्षदेखि पाकिस्तानको जर्सी लगाएर मैदानमा जाँदा पाकिस्तानी नागरिकको भावना लिएर जाने गरेको पनि उनले बताएका छन्।
कोलकातामा भारतीय टिमसँग पराजित भएपछि पाकिस्तानी क्रिकेट प्रशंसकले अफ्रिदीको आलोचना गरेका थिए। उनको विरोधमा प्रदर्शन पनि भएको थियो। अफ्रिदीको यो सन्देशपछि धेरै प्रशंसकले उनको समर्थन गरेका छन्। तर केहीले भने उनी असफल कप्तान रहेको भन्दै सन्यास लिन सुझाव दिएका छन्। एजेन्सीको सहयोगमा
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment