भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, १२ चैत्र । आजबाट नेपाली सिनेमा घरका पर्दाहरुमा चलचित्र ‘राहदानी’ लागेको छ । सिनेमा बजारमा यसले कस्तो कमाल गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । तर, प्रर्दशनको अघिल्लो दिन बिहिबार राजधानीमा गरिएको विशेष शोमा कृषि मन्त्री हरिप्रसाद पराजुली भक्कानिएर रोएपछि अहिले चलचित्र बजारमा निक्कै खैलाबैला भएको छ । हुन त ‘राहदानी’ प्रचारका हिसावले पनि अगाडी नै देखिएको छ । डब्बु क्षेत्रीको लेखन निर्देशन रहेको यो फिल्म पत्रकारको फिल्म भएकाले पनि प्रचारका हिसावले अगाडी देखियो ।
परिवारमा आर्थिक अभाव भएपछि बिदेसिएको एउटा युवक काम गर्ने क्रममा दुर्घटनामा पर्छ र उसको निधन हुन्छ । विदेशमा रहेका सहयोगी तथा नेपालमा रहेका साथीहरू उसको शव फर्काउने तयारी गर्छन, तर विदेशबाट शव ल्याउने प्रक्रिया तथा खर्चका कारण उनीहरू अप्ठेरोमा फस्छन् । यही सेरोफेरोमा घुमेको राहदानीलाई पर्दामा हेरिसकेर सञ्चारकर्मीसँग प्रतिकृया दिने क्रममा मन्त्री पराजुली डाँको छाडेर रोएका हुन् ।
राहदानीमा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, फुपु तेन्जिङ शेर्पा, सिर्जना सुब्बा, विनिता घिमिरे, रूपा खनाल आदि कलाकारले अभिनय गरेका छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment